नालापानीमा सङ्गीतनाटकमा इतिहासको पुनर्सृजन

Authors

Keywords:

आत्मसम्मान, इतिहासपुनर्सृजन, देशभक्ति, मानवीकरण, राष्ट्रिय चेतना

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा बालकृष्ण सम (१९५९–२०३८) द्वारा रचित सङ्गीतनाटक ‘नालापानीमा’ मा अन्तर्भूत इतिहासको पुनर्सृजन सिद्धान्तको प्रयोगलाई केन्द्रीय विषयका रूपमा ग्रहण गर्दै त्यसको विश्लेषण गरिएको छ । यस अध्ययनले वि. सं. १८७१–७२ को नेपाल र इस्ट इन्डिया कम्पनीबिचको युद्धसँग सम्बद्ध ऐतिहासिक घटनालाई नाट्य संरचनाभित्र कसरी पुनर्निर्माण गरिएको छ भन्ने पक्षलाई सैद्धान्तिक र पाठगत आधारमा व्याख्या गरिएको छ । प्रस्तुत लेखमा गुणात्मक अध्ययनविधिको अवलम्बन गरिएको छ । प्राथमिक स्रोतका रूपमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित समका एकाङ्कीसङ्ग्रह (वि.स. २०५९) मा सङ्कलित ‘नालापानीमा’ नाटकलाई उपयोग गरिएको छ भने इतिहास पुनर्सृजन सिद्धान्त तथा यससँग सम्बन्धित पूर्ववर्ती अनुसन्धानलाई द्वितीय स्रोतका रूपमा ग्रहण गरिएको छ । यहाँ पाठविश्लेषण तथा तुलनाविधिको पनि प्रयोग गरिएको छ । विश्लेषणका क्रममा समले ऐतिहासिक तथ्यलाई कलात्मक स्वतन्त्रतासँग सन्तुलनमा राख्दै नाटकको कथावस्तु र पात्रसंरचनालाई रूपान्तरण गरेको देखिन्छ । विशेषतः नरे कार्कीजस्ता काल्पनिक पात्रमार्फत सामूहिक वीरता, राष्ट्रिय आत्मसम्मान र जनभावनाको प्रतिनिधित्व गरिएको छ । यहाँ मानवीय संवेदना, समसामयिक सान्दर्भिकता, नाटकीय प्रविधिको नवीन प्रयोग तथा राष्ट्रियचेतनाको अभिव्यक्तिले ऐतिहासिक घटनालाई सजीव र प्रभावकारी रूपमा प्रस्तुत गरेको पाइन्छ । ‘नालापानीमा’ नाटक इतिहासको सफल साहित्यिक पुनसृर्जनको महत्त्वपूर्ण उदाहरणका रूपमा स्थापित हुन्छ । यसले साहित्य र इतिहासबिचको अन्तरसम्बन्धलाई स्पष्ट पार्नुका साथै नेपाली साहित्यमा ऐतिहासिक विषयवस्तुको कलात्मक उपयोग र त्यसको वैचारिक प्रभाव मूल्याङ्कन गर्न सैद्धान्तिक तथा व्यावहारिक आधार प्रदान गर्दछ ।

Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-07-27

How to Cite

Thapa, A. (2026). नालापानीमा सङ्गीतनाटकमा इतिहासको पुनर्सृजन. Kaladarpan कलादर्पण, 6(1), 99-108. https://doi.org/10.3126/kaladarpan.v6i1.97849

Issue

Section

Articles

How to Cite

Thapa, A. (2026). नालापानीमा सङ्गीतनाटकमा इतिहासको पुनर्सृजन. Kaladarpan कलादर्पण, 6(1), 99-108. https://doi.org/10.3126/kaladarpan.v6i1.97849