कक्षा नौमा प्रयुक्त मौखिक सङ्कथनात्मक क्रियाकलापको स्वरूप

Authors

  • Himmaya Poudel Tribhuvan University

Keywords:

उद्देश्य, क्रियाकलाप, पाठ्यवस्तु, पाठशीर्षक, विनिमय, सङ्कथन विश्लेषण

Abstract

मौखिक सङ्कथन कथ्य भाषाका माध्यमद्वारा व्यक्त हुने वाक्यभन्दा माथिको अर्थपूर्ण अभिव्यक्ति हो । सङ्कथन प्रयोगका विविध विषय क्षेत्रहरूमध्ये कक्षाकोठाको मौखिक सङ्कथन एउटा महŒवपूर्ण अध्ययनीय क्षेत्र हो । प्रस्तुत लेख नेपाली भाषा कक्षाका मौखिक सङ्कथनात्मक क्रियाकलापको स्वरूप अध्ययन गर्ने मुख्य उद्देश्यमा केन्द्रित छ । गुणात्मक अनुसन्धानमा आधारित यस लेखमा उद्देश्यमूलक नमुना छनोट विधिद्वारा दुई भिन्न विद्यालयका दुई ओटा नेपाली भाषा कक्षा (कक्षा नौ) लाई छनोट गरिएको छ । जसमा शिक्षण समय तालिकाअनुसार निर्दिष्ट विद्यालयका कक्षा नौमा सञ्चालित नेपाली भाषा शिक्षण सिकाइको कक्षा अवलोकन गरेर त्यसको रेकर्ड लिइएको छ । एक पिरियड मातहतमा प्रयोग भएका पढाइ र लेखाइ सिपसम्बद्ध कार्यकलापबाहेक उपयोग गरिएका समग्र मौखिक कार्यकलापहरू, हाउभाउ र प्रतिक्रियालाई मूल सामग्रीका रूपमा सङ्कलन गरिएको छ । सङ्कलित सामग्रीहरूको गहन अध्ययनपछि तिनको लिखित लिप्यन्तरण गरी आवश्यक सामग्रीको थिमगत समूह निर्माण गरिएको छ । सामग्री विश्लेषणका क्रममा मौखिक सङ्कथन सिद्धान्तको ढाँचा र केही रूपमा भाषा शिक्षण सिद्धान्तको पनि आधार ग्रहण गरिएको छ । जसमा कक्षाको समग्र मौखिक सङ्कथनात्मक क्रियाकलापसम्बद्ध सामग्रीहरूको वर्गीकरण, तालिकीकरण, प्रस्तुतीकरण र व्याख्या गरी तिनको आगमनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । जसमा पाठको उद्देश्यअनुसार ध्यानकेन्द्रित गरी मौखिक सङ्कथन उत्पादन गर्न आरम्भ, सङ्कथनको विस्तार गर्न विकास र सङ्कथन टुङ्ग्याउन समापन तह विशेष उपयोगी त देखिएका छन् नै नेपाली भाषा कक्षामा प्रयुक्त मौखिक सङ्कथनात्मक क्रियाकलापहरू प्रश्न र प्रतिक्रिया; प्रश्न, प्रतिक्रिया र प्रतिक्रिया; प्रश्न, प्रतिक्रिया र स्वीकृति एवम् तारिफ तथा अन्य (आनुक्रमिक श्रृङ्खलाबद्ध क्रम) स्वरूपमा प्रयोग भएकाले अधिकांश सङ्कथनहरू सामान्य सन्दर्भका भाषिक स्वरूपभन्दा नवीन तथा विशिष्ट रहेको निष्कर्षले देखाएको छ । त्यसैगरी स्वरूपगत विविधताका दृष्टिले हेर्दा विद्यालय ‘ख’ को कक्षा नौ अझ बढी प्रभावकारी र उद्देश्यमूलक देखिएको छ । 

Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-07-27

How to Cite

Poudel, H. (2026). कक्षा नौमा प्रयुक्त मौखिक सङ्कथनात्मक क्रियाकलापको स्वरूप. Kaladarpan कलादर्पण, 6(1), 109-122. https://doi.org/10.3126/kaladarpan.v6i1.97850

Issue

Section

Articles

How to Cite

Poudel, H. (2026). कक्षा नौमा प्रयुक्त मौखिक सङ्कथनात्मक क्रियाकलापको स्वरूप. Kaladarpan कलादर्पण, 6(1), 109-122. https://doi.org/10.3126/kaladarpan.v6i1.97850