विद्यालय शिक्षामा पूर्वीय दार्शनिक चिन्तनको व्यावहारिक प्रयोग

Authors

  • Agnidhar Parajuli

Keywords:

मूल्य–आधारित शिक्षा, विद्यालयमा ध्यान अभ्यास, शिक्षक–विद्यार्थी सम्बन्ध, ग्रामीण विद्यालय शिक्षा

Abstract

प्रस्तुत अध्ययन कालीगण्डकी गाउँपालिका, गुल्मीका ग्रामीण विद्यालयहरूमा पूर्वीय दर्शन (वेद, उपनिषद्, भगवतगीता र बौद्ध शिक्षादर्शन) का सैद्धान्तिक सिद्धान्तहरूको व्यावहारिक प्रयोग र त्यसले सिकाइ अभ्यासमा पार्ने प्रभावको अध्ययन एवम् विश्लेषणमा केन्द्रित छ  । छात्र–छात्राहरूको सिकाइ प्रक्रियालाई मूल्य–नैतिकता, ध्यान र गुरु–शिष्य सम्बन्धजस्ता पूर्वीय अवधारणाले कसरी सकारात्मक रूपमा रूपान्तरण गर्न सक्छ भन्ने यस अनुसन्धानको मुख्य प्रश्न हो । अन्तरवार्ता, अवलोकन तथा सहभागीहरूबाट सङ्कलित गुणात्मक तथ्याङ्क विश्लेषणबाट थुप्रै महत्त्वपूर्ण नतिजा प्राप्त भएको छ । पूर्वीय दर्शनका सिद्धान्तहरू व्यवहारमा लागू गर्दा विद्यार्थीहरूमा सकारात्मक व्यवहार, आत्मअनुशासन र एकाग्रता वृद्धि भएको देखियो । शिक्षक–विद्यार्थी सम्बन्धमा विश्वास, आदर र आत्मीयता बढेको तथा कक्षाको वातावरण शान्त, समावेशी र सहयोगात्मक प्रकृतिको । यसबाट आधुनिक विद्यालय शिक्षामा पूर्वीय दर्शनको प्रयोगले शैक्षिक गुणस्तर र सिकाइको प्रभावकारितामा ठूलो योगदान दिन सक्ने निष्कर्ष निकालिएको छ  । साथै अध्ययनले राष्ट्रिय पाठ्यक्रममा नैतिक शिक्षा र ध्यानजस्ता पूर्वीय अभ्यासहरू समावेश गर्नुपर्ने र शिक्षकहरूलाई यस्ता दर्शनको प्रयोगसम्बन्धी आवश्यक तालिम दिनुपर्ने सुझाव पेस गरेको छ । यसबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकास र मूल्यआधारित शिक्षाको प्रवर्धन हुने अपेक्षा गरिएको छ  ।

Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-07-27

How to Cite

Parajuli, A. (2026). विद्यालय शिक्षामा पूर्वीय दार्शनिक चिन्तनको व्यावहारिक प्रयोग. Kaladarpan कलादर्पण, 6(1), 123-134. https://doi.org/10.3126/kaladarpan.v6i1.97851

Issue

Section

Articles

How to Cite

Parajuli, A. (2026). विद्यालय शिक्षामा पूर्वीय दार्शनिक चिन्तनको व्यावहारिक प्रयोग. Kaladarpan कलादर्पण, 6(1), 123-134. https://doi.org/10.3126/kaladarpan.v6i1.97851