स्वर्गद्वारी आश्रमका मूर्त र अमूर्त सांस्कृतिक सम्पदा

Authors

  • Surya Bahadur Thapa Chhetri

Keywords:

अखण्ड यज्ञ, आश्रम, मानव कल्याण, विश्व शान्ति, सांस्कृतिक सम्पदा

Abstract

नेपालको प्युठान जिल्लामा अवस्थित विगत एक सय एकतिस वर्षदेखि निरन्तर सञ्चालनमा रहेका प्रसिद्ध धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक स्थल स्वर्गद्वारीका मूर्त तथा अमूर्त सम्पदाहरूको विश्लेषणात्मक अध्ययन यस लेखमा प्रस्तुत छ । युनेस्कोले सन् १९७२ मा स्मारक, वास्तुकला, पुरातात्विक स्थल तथा ऐतिहासिक भौतिक संरचनालाई मूर्त सांस्कृतिक सम्पदा भनी परिभाषित गरेको छ । यसै गरी सन् २००३ मा संस्कृति केवल भौतिक रुपमा मात्र सीमित नहुने मान्यतालाई अगाडि सार्दै अमूर्त सांस्कृतिक सम्पदाको अवधारणा प्रस्तुत गरेको छ । यस्ता सांस्कृतिक सम्पदालाई विश्व मानवको साझा पुँजीका रुपमा संरक्षण र पुस्तान्तरण गर्ने कार्यमा नेपाल पनि क्रियाशील छ । स्वामी हंसानन्द गिरीबाट स्थापित आध्यात्मिक आस्थाको पवित्र पुण्यभूमि आश्रमका मूर्त र अमूर्त सम्पदाहरूको अभिलेखीकरण तथा अवस्था विश्लेषण गर्नु यस अनुसन्धानको उद्देश्य रहेको छ । यस गुणात्मक अध्ययनमा स्वर्गद्वारीको विषयमा प्रकाशित पुस्तकहरू, पत्रपत्रिकाहरू, शोधमूलक ग्रन्थ, ऐतिहासिक अभिलेखहरू को अध्ययन, सरोकारवाला तथा जानिफकारसँगको अन्तर्वार्ता र प्रत्यक्ष अवलोकनबाट तथ्याङ्कको सङ्कलन गरिएको छ । प्राप्त तथ्याङ्कलाई निर्मलीकरण गरी सिलासिलात्मक विश्लेषण प्रस्तुत गरिएको छ । स्वर्गद्वारीका मुख्य मूर्त सम्पदाहरूमा मन्दिर, शिवलिङ्ग, समाधिस्थल, सिद्धथान, बाँझवृक्ष, यज्ञशाला, गौशाला, वेदशाला, धर्मशाला, पाकशाला लगायत रहेको पाइयो । यसका साथै दैनिक जप, हवन, पूजापाठ, धार्मिक मेला अनुष्ठान र पर्वहरू जस्ता अमूर्त सम्पदाहरू रहेका छन । यी मूर्त र अमूर्त सम्पदाको व्यवस्थित अभिलेखीकरण गरी संरक्षण र सम्वद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ । 

Abstract
0
pdf (Nepali)
0

Downloads

Published

2026-07-27

How to Cite

Thapa Chhetri, S. B. (2026). स्वर्गद्वारी आश्रमका मूर्त र अमूर्त सांस्कृतिक सम्पदा. Kaladarpan कलादर्पण, 6(1), 135-149. https://doi.org/10.3126/kaladarpan.v6i1.97852

Issue

Section

Articles

How to Cite

Thapa Chhetri, S. B. (2026). स्वर्गद्वारी आश्रमका मूर्त र अमूर्त सांस्कृतिक सम्पदा. Kaladarpan कलादर्पण, 6(1), 135-149. https://doi.org/10.3126/kaladarpan.v6i1.97852