नेपाल भाषा र नेपाली भाषामा कारक व्यवस्था {Case study Arrangement of Nepal Bhasa (Newari Language) and Nepali Language}

Authors

  • सिद्धिबहादुर Siddhi Bahadur महर्जन Maharjan

Keywords:

अधिकरण कारक, अपादान कारक, कर्ता कारक, कर्म कारक, करण कारक, नामानुगममिक पद, सम्प्रदान कारक

Abstract

प्रस्तुत ‘नेपाल भाषा र नेपाली भाषामा कारकको व्यवस्था’ शीर्षकको लेखको मूल उद्देश्य नेपाल तथा नेपाली भाषाका कारक व्यवस्थाको तुलना गर्नु हो। यहाँ नेपाल भाषाका सामग्री कीर्तिपुरमा बोलिने नेपाल भाषाबाट उद्देश्यमूलक नमुना छनोटका आधारमा सङ्कलन गरिएको छ भने नेपाली भाषाका सामग्री सङ्कलनका लागि पुस्तकालीय स्रोतबाट गरिएको छ । यसका लागि नेपाली भाषामा कारक सम्बन्धी लेखिएका पुस्तकलाई आधार मानिएको छ । नेपाल भाषा र नेपाली भाषाका कारकहरू प्रयोग भएका वाक्यहरू उल्लेख गरी विश्लेषण गरिएको छ । पुस्तकालयीय कार्यबाट तथ्य सङ्कलन गरिएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । नेपाल र नेपाली दुवै भाषामा अर्थका दृष्टिले छ प्रकारका कारकहरू रहेका छन् भने रूपका दृष्टिले नेपाली र नेपाल भाषामा सरल र तिर्यक् दुवै प्रकारका कारकहरू छन्। नेपाली भाषामा वचन, आदर र विभक्तियुक्त कारक तिर्यक् रुपमा प्रयोग हुन्छ भने नेपाल भाषामा पनि वचन, आदर र विभक्तियुक्त कारक नै तिर्यक् कारकका रूपमा प्रयोग भएको पाइन्छ ।

Abstract
476
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

नेपाल भाषा र नेपाली भाषामा कारक व्यवस्था {Case study Arrangement of Nepal Bhasa (Newari Language) and Nepali Language}. (2022). Mangal Research Journal, 3(1), 133-144. https://doi.org/10.3126/mrj.v3i1.51715

Issue

Section

Articles

How to Cite

नेपाल भाषा र नेपाली भाषामा कारक व्यवस्था {Case study Arrangement of Nepal Bhasa (Newari Language) and Nepali Language}. (2022). Mangal Research Journal, 3(1), 133-144. https://doi.org/10.3126/mrj.v3i1.51715