नेपालमा बोलिने भाषाहरूको परिचय
DOI:
https://doi.org/10.3126/ire.v4i2.27937Abstract
प्रस्तुत लेख विश्वमा बोलिने भारोपेली, द्रविड, मलय पोलिनेसियन, ककेसियाली, अष्ट्रिक, जापानीकोरियाली, युराल–अल्ताइली, अमेरिकाली, चिनीयाँ–तिब्बती र अफ्रिकाली भाषापरिवार मध्ये नेपालमा बोलिने भारोपेली, द्रविड, अष्ट्रिक र चिनीयाँ–तिब्बतीभाषाहरूको अध्ययनमा केन्द्रित छ । संसारमा धेरै भाषा परिवारका भाषाहरू बोल्ने मत पाइए पनि अधिक भाषाशास्त्रीहरूको मतमा संसारमा १० वटा भाषापरिवारका भाषाहरू बोलिन्छन् । जसमध्ये नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ४ वटा भाषापरिवार र एउटा एकल परिवारको भाषा गरी १२३ वटा भाषाहरू बोलिन्छन् । प्रस्तुत लेखमा नेपालमा बोलिने भाषा परिवारका भाषाहरूको २०५८ र २०६८ को जनगणना अनुसार तुलनात्मक अध्ययन गरिएको छ । यसमा उक्त १२३ भाषामध्ये चारवटा भाषामध्ये चारवटा भाषा परिवार र एउटा एकल भाषा परिवार अन्तर्गत वक्ता सङ्ख्याको बाहुल्यता भएका जम्मा ३० वटा भाषाको परिचय, प्रयोग क्षेत्र, वक्तासङ्ख्या र प्रतिशतका बारेमा चर्चा गरिएको छ । यसका लागि राष्ट्रिय जनगणना २०६८ का तथ्याङ्कलाई मुख्य आधार मानिएको छ । यस लेखले अब हुने नेपालको बाह्रौं राष्ट्रिय जनगणना २०७८ मा भाषिक गणनालाई व्यवस्थित बनाउनुपर्ने कुराप्रति सङ्केत पनि गरेको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.